Essential Oils from Nepal : Juniper Berry Oil | धूपीको तेल

Juniper Berry Oil
Juniper Berry Oil
Juniper Berry Fruits
Juniper Berry Fruits

Juniper Berry Oil

Botanical name: Juniperus recurva
Family: Cupressaceae

Description of the plant:

Cedar plant is found in the East-West Himalayan region of Nepal (3,600 – 4,600 m). Being a conifer, it always looks green with dark colored leaves with its height ranging between that of a small botanical plant up to 9 meters. Its ripe nuts are black in color.

Processing Method:

Juniper Berry Oil can be produced by about 4 hours of Steam Distillation of the ripened, dried, and dusted fruits of Cedar. The oil content of Cedar fruit is dependent upon the species, source, and time of collection of this plant.

Properties of Wintergreen Oil:

Juniper Berry Oil is light yellow in color. The oil has its own characteristic aroma, which is fresh, warm, rich-balsamic, woody-sweet, and like pine-needle oil.

Uses:

Cedar Oil or Juniper Berry Oil is used to make soaps, detergents, creams, lotions fragrant and in the production of perfumes. It is also used in the different types of foods. Its amount used is given in parentheses. In non-alcoholic beverages (32ppm), in alcoholic beverages (95ppm), in ice cream (1.9ppm), in candy (4.3ppm), in baked goods (11ppm), in gelatin and pudding (0.01ppm), in chewing gum (0.10ppm), and in meat (20ppm).

धूपीको तेल, जुनिपर बेरी तेल

वानस्पतिक नामः जुनीपेरस् रिकर्भा
वानस्पतिक परिवारः क्युप्रिसेसी

बिरुवाको वर्णन:

धूपीको बोट नेपालको पूर्व–पश्चिम हिमाली क्षेत्र (३,६०० – ४,६०० मि.) मा पाइन्छ। गाढा रङको पात भएको र सधैँ हरियो देखिने यो कोणधारी (conifer) वनस्पति होचो बोटबुट्यानदेखि ९ मि. सम्म अग्लो रूख हुन्छ। पाकेको गेडादार फल कालो हुन्छ।

प्रशोधन विधिः

धूपीको पाकेको, सुकेको र धूलो पारिएको फलबाट करिब ४ घन्टा स्टीम डिस्टिलेसन (steam distillation) प्रक्रियाद्वारा सुगन्धित तेल उत्पादन गर्न सकिन्छ। धूपीको फलमा तेलको अंश (oil content) यस वनस्पतिको प्रजाति, स्रोत र सङ्कलनको समयमा निर्भर पर्दछ।

धूपीको तेलका गुणहरु:

तेल हलुका पहेंलो रङ्गको हुन्छ। तेलको आफ्नै विशेषताको सुगन्ध हुन्छ। यो सुगन्धलाई fresh, warm, rich-balsamic woody-sweet and pine-needle oil जस्तो छ भनी वर्णन गरिएको छ।

उपयोगिताः

धपूीको तेल साबुन, डिटरजेन्ट, क्रिम, लोसनलाई सुगन्धित बनाउन र अत्तर उत्पादन गर्नमा प्रयोग गरिन्छ। निम्न प्रकारका खाद्य पदार्थहरूमा पनि यो तेल प्रयोग हुन्छ। प्रयोग गरिने मात्रा कोष्ठमा दिइएको छ। अमादक पेय पदार्थमा (32ppm), मादक पेय पदार्थमा (95ppm), आइसक्रिममा (1.9ppm), क्यान्डीमा (4.3ppm), baked goods मा (11ppm), जिल्याटिन र पुडिङमा (0.01ppm), चुइङ्गममा (0.10ppm) र मासुमा (20ppm)।