

अमेरिकामा नेपाली | Nepalese in America
Botanical name: Cinnamomum tamala
Family: Lauraceae
Tejpat is an evergreen tree that grows alongside other trees in the East-West mid-hills of Nepal (500-1,830 m). It is 5 to 15 m. tall. The leaves are juicy, shiny, smooth, and fragrant. In the month of Chaitra-Jestha, flowers bloom in a single cluster on the top of the branch. They are small and creamy in color. The fruit is 1 cm. long; oval shaped and when fruit is mature, it is black in color. It can be picked between the month of Mangsir-Magh.
Cinnamon oil is produced by the process of steam distillation of Tejpat. Dried tejpat contains 0.8 to 2.29 percent of essential oil.
Tejpat oil is yellow or brown in colour. It’s smell is described as warm-spicy with somewhat of a harsh odor.
The bark and leaves of tejpat or bay leaves are used in medicine and as a spice to flavor food. Tejpat oil is used in perfumes and as fragrance for soaps, cosmetics and toiletries.
वानस्पतिक नामः सिनामोमम् तमाला
वानस्पतिक परिवारः लौरेसी
तेजपात नेपालको पूर्व–पश्चिम मध्यपहाडी भेगमा (५०० – १,८३० मि.) अरू रूखहरूसंगै उम्रने र सधैँ हरियो रहने झ्याम्म परेको रूख हो। यो ५ देखि १५ मि. सम्म अग्लो हुन्छ। पात झुस नभएको, टल्किने, चिल्लो र सुगन्धित हुन्छ। चैत्र–जेठ महिनामा हाँगाको टुप्पामा एकै झुप्पामा फूल फुल्ने गर्दछन्। ती घीउ रङका स–साना हुन्छन्। यसका फल १ से.मि. लाम्चो अन्डाकार भई गुदी भएको पाकेको कालो रङको हुन्छ। जुन मंसिर–माघ महिना भित्रमा टिप्न सकिन्छ।
तेजपातको पातलाई तातो वाष्पीकरण (steam distillation) प्रक्रियाद्वारा सुगन्धित तेल (cinnamon oil) उत्पादन गरिन्छ। सुकेको तेजपातमा ०.८ देखि २.२९ प्रतिशत सुगन्धित तेल रहेको पाइएको छ।
तेल पहेंलो वा खैरो रङको तरल पदार्थ हुन्छ। यो तेलको बास्नालाई warm-spicy, somewhat harsh odor भनी वर्णन गरिएको छ।
तेजपातको बोक्रा र पात औषधिमा तथा मसलाका रूपमा खानालाई सुगन्धित बनाउन प्रयोग गरिन्छ। यसको तेल साबुन, शृङ्गारका सामान (cosmetics) र toiletries लाई सुगन्धित बनाउन र अत्तर बनाउन प्रयोग गरिन्छ।