Essential Oils from Nepal : Spikenard Oil | जटामसीको तेल

Spikenard Oil
Spikenard Oil
Jatamasi Oil Plant
Spikenard Plant - जटामसीको बिरुवा

Spikenard Oil, Jatamasi Oil

Botanical name: Nardostachys. grandiflora
Family: Valerianacea

Description of the plant:

Spikenard grows in rocky, cold and humid places in the mountainous region of Nepal around 3,000 – 5,000 m altitude. Its leaves grow from the roots. This plant grows between 40 to 75 cm. tall and upright. Its subterranean rhizome is covered with reddish-brown sap, hairy braids. It is fragrant. It tastes bitter and pungent. The flowers are pink-onion-white in color with a single cluster that blooms on the top of the plant. Spikenard flowers bloom in March – April, and its capsule-shaped fruit bears in August – September.

Processing Method:

Spikenard oil is produced by the process of steam distillation where hot steam is passed through a distillation still containing dry dust of Spikenard. The amount of oil produced is dependent upon the geographical location and the maturity of the rhizome. Jatamasi oil can also be produced from Jatamasi by adopting solvent extraction processing method. Oil produced by the steam distillation process is comparatively better than oil produced by this alternative method.

Properties of Spikenard Oil:

Spikenard oil is a pale yellow, greenish-yellow or brown liquid. This oil is also viscous to some extent. The smell of oil is described as heavy, sweet-woody, and spicy animal odor. Jatamansi oil has been found to contain high levels of Sesquiterpenes chemicals.

Use:

Spikenard oil is used to make perfumes, to add fragrance to cosmetics, to make tobacco and food fragrant.

जटामसीको तेल

वानस्पतिक नामः नार्डाेस्ट्याकिस ग्रान्डिफ्लोरा
वानस्पतिक परिवारः भ्यालेरियानेसी

बिरुवाको वर्णन:

नेपालको हिमाली क्षेत्र (३,००० – ५,००० मि.) पत्थरिलो, चिसो र ओसिलो स्थानमा जटामसीको बिरुवा उम्रिन्छ। यसको पात जराबाटै पलाएको हुन्छ । यो बिरुवा ४० देखि ७५ से.मि. सम्म अग्लो र ठाडो हुन्छ। जमिनमुनिको यसको राइजामे (rhizome) लाई रातो – खैरो झुस, रौँजस्ता जटाहरूले ढाकिराखेको हुन्छ। यो सुगन्धित हुन्छ । यसको स्वाद तीतो र पिरो हुन्छ। बिरुवाको टुप्पामा फुल्ने एउटै झुप्पा भएको यसको फूल गुलाफी–प्याजी–सेतो रङको हुन्छ। फूल चैत्र – बैशाखमा फुल्दछ। क्याप्सुल (capsule) आकारको यसको फल भदौ – असोजमा फल्दछ।

प्रशोधन विधिः

सुकेको जटामसीको खस्रो धूलो राखिएको भाँडा (distillation still) मा तातो बाफ (live steam) पठाएर steam distillation प्रक्रियाद्वारा तेल उत्पादन गरिन्छ। तेलको मात्रा भौगोलिक स्थान र राइजोमको परिपक्वता (maturity) मा निभर्र गदर्छ। Solvent extraction प्रशोधन विधि अपनाई जटामसीबाट तेल उत्पादन गर्न सकिन्छ। यो वैकल्पिक विधिबाट उत्पादित तेलभन्दा steam distillation प्रक्रियाद्वारा उत्पादित तेल तुलनात्मक रूपले बढी राम्रो मानिन्छ।

जटामसीको तेलका गुणहरू:

जटामसीको तेल फिका पहेँलो, हरियो–पहेँलो वा खैरो रङको तरल पदार्थ हो। यो तेल केहि मात्रामा लेसाइलो (viscous) पनि हुन्छ। तेलको बास्ना heavy, sweet-woody, and spicy animal odor भनी वर्णन गरिएको छ। जटामसीको तेलमा sesquiterpenes वर्गका रसायनहरू बढी मात्रामा भेटिएका छन्।

उपयोगिताः

जटामसीको तेल अत्तर बनाउन, शृङ्गारका वस्तुहरूलाई सुगन्धित पार्न र सूर्ती तथा खाद्य पदार्थहरूलाई खुसबुदार बनाउनमा प्रयोग गरिन्छ।